काठमाडौँ।
भारतको जम्मू–कश्मीरको किश्तवाडम बादल फुट्दा १५ जनाको मृत्यु भएको छ। जम्मू–कश्मीरको किश्तवार जिल्लाको पद्दारको चिसोटी गाउँस्थित मछैल माताको मन्दिर नजिकै बुधबार दिउँसो बादल फुट्दा कम्तीमा १५ जनाको मृत्यु भएको आजतकले जनाएको छ।
घटना धार्मिक तीर्थयात्राको क्रममा भएको हो। मन्दिर नजिकै यात्रुहरूको लागि टाँगिएको पाल तथा वरिपरिको क्षेत्रमा अकस्मात ठूलो पानीको भेलसहित पहिरो बग्दा ठूलो जनधनको क्षति भएको छ। स्थानीय प्रशासन, सेना र राहतकर्मीहरू उद्धार कार्यमा जुटेका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बादल फुट्ने बित्तिकै ठूलो गर्जनसँगै पहाडबाट पानी र माटोको भेल बग्न थाल्यो, जसले अनेकौं मानिस र संरचनाहरू बगायो। अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ र मृतक संख्या बढ्ने आशंका गरिएको छ।











प्रतिक्रिया