शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक


काठमाडौं ।

नेपालमा आयोजना हुने ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रमको मुख्य प्रायोजक शिवम् सिमेन्ट आबद्ध भएको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक डा.उज्ज्वल पाटनी सहभागी हुने सेमिनार भदौ १२ गते हुनेछ ।

शिवम् सिमेन्टले विभिन्न महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालुलाई थप सुदृढ बनाउँदै आएको छ ।