एसिया कप क्रिकेट प्रतियोगिता एसियाली क्रिकेट टोलीबीचको प्रतिस्पर्धा भएपनि केही नाम गन्न सक्ने टोलीहरूले यसमा सहभागिता जनाइरहेको छ ।
पुरुष क्रिकेटको एसिया कपमा पछिल्लो पटक नेपालले पनि खेल्न पाएको थियो । यसमा सबैभन्दा बढी भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले नै बढी सहभागिता जनाइरहेका छन् ।
यो प्रतियोगिता ५० ओभरमा एकदिवसीय फरम्याटमा खेलाइने भएपनि केही वर्षअघिदेखि टी २० फरम्याटमा खेलाइएको छ । टी २० फरम्याट भएपछि एसिया कपमा छक्का प्रहार हुने क्रम पनि बढेको छ ।
यसै क्रममा सर्वाधिक छक्का प्रहार गर्ने १० खेलाडीको सूची यहाँ तयार गरिएको छ । जसमा अफगानिस्तानका खेलाडी पहिलो र दोस्रो नम्बरमा रहेका छन् ।
छक्कासंख्या खेलाडी र देश
१३ नजीबुल्लाह जदरान (अफगानिस्तान)
१२ रहमानुल्लाह गुरबाज (अफगानिस्तान)
१२ रोहित शर्मा (भारत)
११ विराट कोहली (भारत)
१० बाबर हयात (हङकङ)
९ कुशल मेन्डिस (श्रीलंका)
९ भानुका राजपक्षे (श्रीलंका)
८ सूर्यकु्मार यादव (भारत)
७ महमुदुल्लाह (बंगलादेश)
६ केएल राहुल (भारत)











प्रतिक्रिया