गौरवको योजना’ अधिकांश वडामा निर्माण सम्पन्न


इलाम ।

गत आर्थिक वर्ष ०८१|०८२ मा इलाम नगरपालिकाले सबै १२ वटै वडामा ५०–५० लाख रुपैयाँ बजेट विनियोजन गरी एक–एकवटा ‘गौरवको योजना’ सञ्चालन गरेको थियो। अधिकांश वडामा सडक तथा पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको छ भने वडा नं. ७, ३ र ५ मा क्रमशः २५, ७५ र ८० प्रतिशत मात्र काम सकिएको छ।

वडा नं. ७ मा इलाम बजार सौन्दर्यकरण, वडा नं. ८ मा खर्क पोखरी सौन्दर्यकरण र वडा नं. ९ मा कभर्ड हल निर्माणजस्ता योजनाहरू स्थानीय आवश्यकता अनुसार छनोट गरिएका हुन्।

मौसम र प्राविधिक कारणले केही ढिलाइ भए पनि बाँकी काम चाँडै सम्पन्न हुने नगरपालिकाले जनाएको छ । स्थानीयवासी र वडाअध्यक्षहरूले योजनाप्रति सन्तोष व्यक्त गर्दै यसले दीर्घकालीन विकासको आधार तयार भएको टिप्पणी गरेका छन्।