सर्लाही ।
यस वर्ष जिल्लामा उखु खेती २० प्रतिशतले घटेको छ । उखु किसानका अनुसार सरकारले समर्थन मूल्य उद्योगमुखी निर्धारण गर्ने, अनुदान समयमै नदिने र लगानीअनुसार मूल्य नबढाउँदा खेतीमा आकर्षण कम भएको हो ।
यस वर्ष उखुको अनुदान प्रतिक्विन्टल ७० रुपियाँबाट घटाएर ३५ रुपियाँमा सीमित गरिएको छ। पाँच वर्षदेखि मूल्य स्थिर रहँदा धेरै किसान अन्य बालीतर्फ आकर्षित भएका छन्।
उखु अभावका कारण अन्नपूर्ण, महालक्ष्मी र इन्दुशंकर सुगर मिलले लक्ष्यअनुसार क्रसिङ गर्न नसकी समयमै बन्द भएका छन्। नेपाल उखु उत्पादक महासंघका अध्यक्षका अनुसार सरकारले किसानमैत्री नीति नअपनाए उखु खेती झन् घट्ने र चिनी उद्योग थप संकटमा पर्नेछ।











प्रतिक्रिया