सिकल्स हाइड्रोपावरले प्रन्ध % बोनस र एक बराबर एक हक सेयर जारी गर्ने

एक बराबर एक हक सेयर जारी गर्ने, बोनस पश्चार्त कायम हुन आएको चुक्ता पुँजीको एक हक प्रद पतिशत जारी गर्ने


काठमाडौं ।

सिकल्स हाइड्रोपावर लिमिटेडले २०७८/०४/२५ गते बसेको सञ्चालक समितिको बैठकमा आफ्नो शेयरधनीहरूलाई आगामी बार्षिक साधारणसभामा १५ प्रतिशत बोनस शेयर र ०.७६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले रु १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनका लागि रु ६७ लाख १० हजार ५ सय नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।

साथै, कम्पनीले जारी गरेको बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरी अन्य जलविद्युत आयोजनाहरूमा लगानी गर्ने योजना समेत राखेको छ। यस हकप्रद शेयरका लागि विद्युत नियम आयोगबाट पूर्व स्वीकृति आवश्यक पर्ने भएकाले आगामी बार्षिक साधारणसभामा यसबारे प्रस्ताव राख्ने तयारी गरिएको छ।

कम्पनी सचिव निरजन महर्जनले यसबारे जानकारी गराउँदै आगामी साधारणसभामा प्रस्ताव प्रस्तुत गरिने जानकारी दिएका छन्। यस निर्णयले कम्पनीका शेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ र कम्पनीको पूँजी वृद्धिमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।