नेपालको संघर्षपूर्ण जित, साउदी अरब पराजित


काठमाडौं ।

एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत शुक्रबार नेपालले साउदी अरेबियामाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको छ।

चाङलिमिथाङ स्टेडियममा भएको खेलको ९०औँ मिनेटमा शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई तीन अंक दिलाइन्।

यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो। अब नेपाल आइतबार उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

समूह विजेता र ३ उत्कृष्ट उपविजेताले एसियन कपमा स्थान बनाउनेछन्।