लागूऔषध कारोबारमा महिलाको संख्या बढ्दो 

2.82k
Shares

उदयपुर ।

 उदयपुरमा लागु औषधको कारोबारमा महिलाहरु पनि सक्रिय हुँदै गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले तयार पारेको आर्थिक वर्ष २०८१।०८२ को तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन आर्थिक वर्षको तुलनात्मक प्रतिवेदन तयार पारेकोमा आर्थिक वर्ष २०७९। ०८० मा लागु औषधको कारोबार गर्ने महिला ३ जना मात्र रहेको र सेवन गर्नेको संख्या शून्य थियो । तर आ.ब २०८०।०८१मा भने यो संख्या बढेको देखिन्छ । 

आ.ब२०८०।०८१मा लागु औषध सेवन गर्ने महिलाको संख्या २ र कारोबार गर्नेको संख्या ४ रहेको तथ्याङ्कले देखाउछ । आ.ब.२०८१।०८२ मा भने लागु औषध कारोबार गर्ने महिला २ जना रहेको र कारोबारमा संलग्न हुनेको संख्या १० रहेको छ । खासगरी गरिबीका कारण आर्थिक समस्यालाई समाधान गर्न र अन्जानमा लागु औषधको कारोबारमा महिलाहरु लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक केदारमान दोङ बताउँछन् ।

सूचना अधिकारी दोङका अनुसार उमेर समुहको हिसाबले आ. ब ०७९।०८० मा३७ वर्षदेखि ५९ वर्षसम्मका ३ जना, आ.ब. २०८०।०८१ मा २२ देखि ३५ वर्षसम्मका ६ जना र आ.ब २०८१।०८२ मा २०देखि ५५ वर्षसम्मका १२ जना महिला लागुऔषध सम्बन्धी अभियोगमा पक्राउ परेका छन् । पछिल्लो समयमा लागु औषध सेवन कर्ता भन्दा पनि बढी लागु औषधको कारेबारमा महिलाहरु संलग्न भएको पाइएको छ । साथै गाँजाको कारोबारमा सहयोग गर्ने,तथा लुकाई छिपाई राखेको कारण पनि महिलाहरु पक्राउ परेको सूचना अधिकारी दोङले बताए ।

बेरोजगारीको समस्याले आर्थिक आवश्यकता पुरा गर्नकालागि, अरुको बहकाउमा लागेर, नबुझेर, आर्थिक उपार्जनकालागि बाध्यता, घरखर्च धान्ने बाध्यता, लागु औषध वा गाँजाको कारोबार गर्दा कानुनी फन्दामा परिने जानकारी नभएर लगायतका अनेकौँ कारणले गर्दा चेतनाको कमी भएकोले अनावश्यक झन्झटमा तथा कानुनी फन्दामा पर्ने गरेको पाइएको छ ।