काठमाडौँ
एनआइसीएशिया लघुवित्तले विभिन्न स्थानमा एक दिने निशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालय बराहक्षेत्रले १६ गते, गौरादहले १७ गते र धरानले २० गतेआ–आफ्नो क्षेत्रमा स्वास्थ्यशिविर सञ्चालन गरेका हुन् ।
बराहक्षेत्रको स्थानिय सिंहदेवि विद्यालयमा सञ्चालित शिविरमा ३२ जनाकोे स्वास्थ्य जाँचहुँदा ११ जनाको उपचार गरिएको थियो भने धरानको शिक्षानिकेतन विद्यालयमा ३६ जनाको जाँच तथा १२ जनाको सफल उपचार भएको थियो । त्यसैगरी गौरादहको मदन आश्रित स्मृति भवनमा २९ जनाको जाँचतथा ११ जनाको उपचार भयो ।
शिविरमा पाइल्स, फिसर र फिस्टुला सँग सम्बन्धित जाँच तथा उपचार गरिएको हो । बनेपामा कर्पोरेट कार्यालय भइ देशैभर २८७ शाखा सञ्जाल सञ्चालनमा रहेको संस्थाले बेला बेलामा वित्तिय साक्षरता, स्वास्थ्य सचेतना, सिपमूलक तलिम दिनेलगायतका कार्यक्रम चलाउँदै आएको छ ।











प्रतिक्रिया