भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापालाई स्वागत


काठमाडौँ

डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसा नाइस एन वाई एस एम भीले काठमाडौंमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ ।

भिसाको नेपाल कार्यालयको उदघाटनले नगद रहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ ।
यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

यसका साथै, भिसाले नेपाल प्रमुखको रूपमा मनोज थापालाई नियुक्त गरेको घोषणा गरेको छ । आफ्नो नयाँ भूमिकामा, मनोजले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुनेछन्। मनोजले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन् ।

यस घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भन्नुभयो, “हामी काठमाडौंमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौं।

भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु । उहाँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ ।“

नेपालमा जन्मेका मनोजको युके र भारतमा भएका शैक्षिक र व्यावसायिक अनुभवहरूले विश्वव्यापी दृष्टिकोण बनाएका छ ।