उदयपुर ।
उदयपुरको बेलका नगरपालिका १ आमबासी स्थित प्रहरी चौकीबाट गस्तिमा खटिएको प्रहरकिो टोलीले ९ किलोग्राम अबैध गाँजा सहित एक जनालार्य पक्राउ गरेको छ ।
प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बुधबार दिउसो आम्बासी प्रहरी चौकीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिकाको रामपुर बजारतिरबाट सप्तरकिो फत्तेपुर बजारतिर जाँदै गरेको प्रदेश १ ००५ ००१ प ९४७८ नम्बरको मोटर साइकलका चालक बेलका नपा वडा नं ३ मोरङ्गे टोल बस्ने वर्ष ३५ को शुनिल श्रेष्ठले झोलामा लुकाई छिपाई ल्याउदै गरेको ९ किलोग्राम अवैध लागू औषध गाँजा तथा निजले चलाएको मोटरसाईकल सहित निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया