नेपाल एसबिआई बैंक लिद्धारा मानवसेवा आश्रम, धनगढीमा सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौँ

नेपाल एसबिआई बैंक लिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ । यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्दले आश्रमका सुदुरपश्चिम प्रदेश संयोजक, श्री आदर्श ढकाललाई उक्त सामग्री तथा सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, राजेशकुमार पंडा, प्रमुख जोखिम अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, श्री अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोइराला र बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीहसमेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा यस्ता गतिविधि समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।