काठमाडौँ
मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकको सुविधा र सहजताका लागि भिडियो केवाइसी सेवा सुरु गरेको छ । डिजिटल युगमा ग्राहकलाई सरल र छिटो बैंकिंग सेवा प्रदान गर्दै समय बचत गर्ने उद्देश्यले यो सेवा ल्याइएको हो ।
मन्जुश्री फाइनान्सले इनोभेशन र डिजिटल अपनत्वमा देशमै अग्रस्थान हासिल गरिसकेको छ । बिदेशमा रहेका नेपाली र सबै प्रकारका ग्राहकलाई ध्यानमा राख्दै अब खाताको अपडेटका लागि शाखामा जानुपर्ने बाध्यता हटाउने प्रयास अन्तर्गत भिडियो केवाइसी सेवा उपलब्ध गराएको हो ।
हालसम्म मन्जुश्री फाइनान्सले लगभग २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.६ अर्ब रुपियाँ कर्जा प्रवाह गरिसकेको छ । निक्षेपमा आकर्षक ब्याजदर र सुलभ कर्जा सुविधा प्रदान गर्दै आएको यो फाइनान्सले २७ वटा शाखा र एक बिस्तारित काउन्टरबाट एक लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई उत्कृष्ट सेवा दिइरहेको छ । यसरी, मन्जुश्री फाइनान्स देशकै एक अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित छ ।











प्रतिक्रिया