बोतलमा राखिएको डिजल खाँदा वृद्धको ज्यान गयो

1.22k
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ६ का एक वृद्धले अन्जानमा आफ्नै घरमा बोतलमा राखेको डिजल खाएका कारण उपचार हुँदाहुँदैको अवस्थामा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार चौदण्डीगढी नपा वडा नं ६ सुगारे गाउँका ९३ वर्षका अन्त नारायण श्रेष्ठले अन्जानमा आफ्नै घरमा बोतलमा राखेको डिजल खाएपछि अस्वस्थ्य भएकोले उपचारकालागि नगर अस्पताल बेल्टारमा लगिएको थियो ।

नगर अस्पताल बेल्टारमा उपचार हुन समभव नभएपछि उनलाई थप उपचारकालागि बिराटनगरस्थित बिराट शिक्षण अस्पतालमा लगिएको थियो । उपचार गर्दा गर्देको अवस्थामा बुधबार बिहान साढे छ बजे उनको ज्यान गएको सो शिक्षण अस्पतालका चिकित्सकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालयले उदयपुरले जनाएको छ । प्रहरीले यस घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।