काठमाडौँ
डिसहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो कार्डमार्फत सक्रिय डिसहोम ग्राहकहरूले देशभरका विभिन्न सेवा प्रदायकबाट विशेष छुट र सुविधा प्राप्त गर्न सक्नेछन् ।
‘माइ डिशहोम एप’ मा उपलब्ध यो डिजिटल कार्डले ग्राहकलाई प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । सुरुआती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेट यो कार्डको नेटवर्कमा समावेश गरिएको छ ।
साझेदार ब्रान्डमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (जसअन्तर्गत देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे छन्), होटलले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोट्र्स (हरकपुर, मौलाकाली, बागलुङ), मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार, मौलाकाली केबलकार (गैडाकोट, चितवन) र अचार घर (कमलपोखरी, कुपन्डोल) रहेका छन् ।
डिसहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, ’भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।’
डिसहोमले आगामी महिनामा १०० भन्दा बढी ब्रान्ड र आउटलेटसम्म सेवा विस्तार गर्ने योजना बनाएको छ । यस अन्तर्गत थप अफर र श्रेणी समावेश गरिनेछन् । डिसहोमका सक्रिय ग्राहकले ‘माइ डिशहोम एप’ (प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी) प्रयोग गरेर आफ्नो भर्चुअल कार्ड देखाई साझेदार आउटलेटमा छुट पाउन सक्नेछन् ।











प्रतिक्रिया