हेटौंडा ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा महत्वपूर्ण निर्णय गरेका छन् ।
बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गरिएको हो । स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो । उक्त प्रणालीले स्वास्थ्य सेवाप्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गरे ।
स्वास्थ्य मन्त्रालय तथा मातहत निकायमा रहेका सवारीसाधनको व्यवस्थापन तथा समन्वय गर्न जीपीएस प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ । प्रदेशभर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागु गर्ने निर्णय गरिएको छ । यी निर्णयहरु डिजिटल स्वास्थ्य क्षेत्र रुपान्तरणको महत्वपूर्ण कदम हुने मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बताइन् ।
थापा २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए भने मंगलबार गठन भएको इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिमण्डलमा पुनः स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् ।











प्रतिक्रिया