भारतको सूचना तथा प्रसारण मन्त्रालयले हालै नेसनल फिल्म अवार्ड ७१ औ“ संस्करणको विभिन्न विधाका विजेताहरू घोषणा गरेको छ।
समरोहमा बलिउडका किङ खान शाहरुख खानले आफ्नो ३५ वर्षे करिअरमा पहिलोपटक यो अवार्ड जित्दै इतिहास रचेका छन्। उनलाई फिल्म जवानमा भ्रष्ट व्यवस्थाविरुद्ध लड्ने जागरूक नागरिकको भूमिका निर्वाह गरेका कारण उत्कृष्ट अभिनेता घोषित गरिएको छ। उनीस“गै अभिनेता विक्रान्त मेश्सीलाई फिल्म टुवेल्थ फेलमा संघर्षशील र इमानदार आईपीएस अधिकारीको भूमिका निर्वाह गरेबापत संयुक्त रूपमा उत्कृष्ट अभिनेता घोषित गरिएको छ।
उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने रानी मुखर्जीले फिल्म मिसेज चटर्जी भर्सेस नर्वेका लागि जितेकी छन्। उनले सो फिल्ममा आफ्ना बच्चाहरूको अभिभावकीय हकका लागि नर्वे सरकारस“ग लड्ने एक भारतीय आमाको भावनात्मक भूमिका निर्वाह गरेकी थिइन्।
त्यस्तै उत्कृष्ट फिचर फिल्म टुवेल्थ फेल, द केरल स्टोरीका निर्देशक सुदीप्तो सेनलाई उत्कृष्ट निर्देशक, मराठी फिल्म आत्मपम्प्लेटका निर्देशक आशिष बेन्डेलेलाई नव निर्देशक, करण जोहरद्वारा निर्देशित राकी और रानीकी प्रेम कहानीलाई सम्पूर्ण मनोरञ्जनात्मक फिल्म, सैम बहादुरलाई राष्ट्रिय र सामाजिक मूल्यहरू प्रवद्र्धन गर्ने उत्कृष्ट फिल्म, मराठी फिल्म नाल २ लाई उत्कृष्ट बाल तेलुगु फिल्म र हनु–मानलाई एनिमेसन फिल्मको अवार्ड विजेता घोषित गरिएको छ।
त्यस्तै मलायम फिल्म पुक्कालामबाट विजय राघवन र तामिल फिल्म पार्किङबाट एमएस भास्करलाई संयुक्त रूपमा उत्कृष्ट सहायक अभिनेता, मलयाम फिल्म उल्लोजुक्कुबाट उर्वशी र गुजराती फिल्म वशबाट जानकी बोडीवाला सह अभिनेत्रीको अवार्ड विजेता घोषित गरिएको छ भने तेलुगु, मराठी र अन्य भाषाका गान्धी तथा चेट्टु, जिप्सी, नाल २ जस्ता फिल्मका विभिन्न बाल कलाकारलाई संयुक्त रूपमा अवार्ड घोषणा गरिएको छ।
फिल्म बेबीका लागि लागि पीवीएन एस रोहितले पाश्र्व गायक र चलियाबाट शिल्पा रावले गायिका, तेलुगु फिल्म बालगमबाट कासर्ला श्यामले गीतकार, रा“की और रानीकी प्रेम कहानीको गीत ढिंढोरा बाजे रेका लागि वैभवी मर्चेन्टले कोरियोग्राफरको अवार्ड जित्दा फिल्म एनिमलले प्राविधिकतर्फको पाश्र्व संगीत, ध्वनि डिजाइन रेकर्डिङसहित तीन ठूला पुरस्कार पाउने भएको छ। द केरल स्टोरीले छायांकन, पुक्कालमले सम्पादन, २०१८ – एभ्रिवन इज अ हिरोले प्रोडक्सन डिजाइन, सैम बहादुरले पोशाक र मेकअप डिजाइनको अवार्ड प्राप्त गर्नेछ।











प्रतिक्रिया