काठमाडौँ
विश्वव्यापी इलेक्ट्रिक वाहन निर्माता कम्पनी प्रोटोनले नेपाली युवा उद्यमीहरूका सपनालाई साकार पार्न “ड्रिम अ ड्रीम“ नामक एक महत्त्वाकांक्षी अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत नवीनतम र रचनात्मक व्यवसायिक विचार प्रस्तुत गर्ने उत्कृष्ट तीन प्रतिभालाई जम्मा ५ लाख नेपाली रूपैयाँसम्मको वित्तीय सहयोग प्रदान गरिनेछ ।
प्रोटोन नेपालका प्रतिनिधि अखिल गुप्ताले यस अभियानको उद्देश्य बारे बताउँदै भने, “हामी नेपाली युवामा नवप्रवर्तनको अपार सम्भावना देख्छौं । यो अभियान मार्फत हामी तिनै सपनालाई पंख लगाउन चाहन्छौं जसले नेपालको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुर्याउन सक्छ ।“
अभियानमा भाग लिन चाहने उम्मेदवारले प्रोटोनको आधिकारिक त्तच् कोड स्क्यान गरी आफ्नो व्यवसायिक विचार २०८२ कार्तिक १४ भित्र पेश गर्नुपर्नेछ । विजेताको घोषणा मंसिर महिनामा गरिनेछ भने तिनीलाई शार्क ट्यांक नेपाल जस्ता राष्ट्रिय स्तरका कार्यक्रममा सहभागिता जनाउने अवसर पनि प्राप्त हुनेछ ।
प्रोटोनले नेपालमा इलेक्ट्रिक वाहनको प्रवद्र्धन गर्दै आएको छ । यसपटक यसले नवप्रवर्तनशील व्यवसायिक विचारहरूलाई प्रोत्साहन दिने यो पहल गरेर नेपालको उद्यमशीलता क्षेत्रमा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ । अभियानसँग सम्बन्धित थप जानकारी प्रोटोन नेपालको आधिकारिक वेबसाइट वा सोसियल मिडिया प्लेटफर्ममार्फत प्राप्त गर्न सकिनेछ ।











प्रतिक्रिया