नेपाल बैंक र अल्फा हेल्थ केयर बीच स्वास्थ्य सेवामा छुटको सम्झौता


काठमाडौँ
नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकलाई अल्फा हेल्थले प्याथोलोजी सम्बन्धी विविध सेवा (ब्लड टेस्ट, यूरिन टेस्ट, एक्स–रेलगायत), निःशुल्क होम डेलिभरी सेवा सहित औषधी खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट दिइने छ ।

सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थका ल्याब निर्देशक डा. आभाष कोइरालाले २०८२ साल श्रावण १९ गते हस्ताक्षर गरेका थिए । यसबाट बैंकका कर्मचारी तथा ग्राहकले अल्फा हेल्थको डायग्नोस्टिक सेन्टरबाट सहुलियतमा स्वास्थ्य सेवा पाउनेछन् ।

यो सम्झौताले बैंककर्मी तथा ग्राहकको स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।