काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विधार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।











प्रतिक्रिया