राष्ट्रपति पौडेलद्वारा वसन्तपुर दरबार क्षेत्र अवलोकन


काठमाडौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रथम महिला सविता पौडेलसँगै काठमाडौँको वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयका विभिन्न सम्पदाहरू-कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मुलचोक, त्रिशूलचोक आदिको निरीक्षण गरे।

उनीहरूलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलगायतले स्वागत गरेका थिए।