कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए।
तिनीहरूमध्ये ३ लाख ९५ हजार ९०८ जना नियमित तथा १ लाख १५ हजार ६१७ जना आंशिक परीक्षार्थी थिए।