ठेकेदार र महानगरको लापरबाहीले  दुई वर्षदेखि ८ सय मिटर सडक बनेन, दैनिक दर्जन दुर्घटना 

23.31k
Shares

-ललितपुर महानगरपालिका पूर्वाधार निर्माण महाशाखाको गैर जिम्मेवार जवाफ स्थानीयको कारण समस्या भएको हो 
-निर्माण गर्ने टुङगो नहुँदै ढलान भत्काएको विषयमा महाशाखा प्रमुख नाजवाफ 

ललितपुर । 

ललितपुर महानगरपालिकाको गम्भीर लापरबाहीको कारण दुई वर्षदेखि सडक अलपत्र भएको छ । भञ्ज्याङदेखि माझीदोबाटोसम्मको करिब ८ सय मिटर सडकको बेहाल भएको छ । दैनिक सयौँ सवारी साधन गुड्ने सडक मर्मत गर्ने विषयमा महानगरपालिकाले समेत खासै चासो देखाएको छैन । 

  ठेकेदार र महानगरको लापरबाहीको कारण भञ्ज्याङमा दैनिक दर्जन बढी दुर्घटना हुने गरेको छ । ललितपुर महानगरपालिका–१८ वडा, स्थानीय वालकुमारी सिर्जना क्लब  र स्थानीयवासीले  सडक मर्मत गर्न पटक पटक आग्रह गर्दा समेत ठेकेदारले बेवास्ता गरेको छ । राजधानीमै ठकेदारले  जिम्मा लिएको सडकको काम नगर्दा महानगर मूकदर्शक बनेको छ ।

  पिच, खानेपानी पाइप र पोलसार्ने जिम्मा लिएको कम्पनीले हालसम्म काम गर्न नसक्दा महानगरपालिका मुक दर्शकजस्तै भएको छ । भञ्ज्याङ उकालोमा ढलानबाटो भत्काएको करिब ४ महिना भयो । पिच गरेपछि ढलान भत्काएर पुनः ढलान गर्नुपर्नेमा त्यसो नगरी एकाएक ढलान भत्काएपछि दैनिक दुर्घटना बढेको छ । 

  बाटो मर्मत र भञ्ज्याङ खण्डको ढलान गर्ने विषयमा पटक पटक आग्रह गर्दासमेत ठेकेदारले बेवास्ता गरेको वडाअध्यक्ष दामोदर खड्काले बताए । भने–मैले त भन्दा भन्दा आजित भइसके । वडावासीले दैनिक गुनासो गर्दा समेत केही गर्न सकेको अवस्था छैन । उनले ठेकेदारले तत्काल पिच र ढलान गर्ने आश्वासन दिएको महिनौँ दिन भइसक्यो तैपनि केही गरेको छैन–उनको आरोप थियो ।

 भञ्ज्याङ खण्डमा त बिजोग छ, दैनिक दुर्घटनाको खबर आउदा समेत सुनेर बस्नुबाहेक केही गर्न सकिएको छैन–अध्यक्ष खड्काले भने ।  मैले केही गर्न सकिन । ‘अब तपाईंहरुले कुरा गर्नुस्–ठेकेदारलाई पटकपटक आग्रह गर्दा नमानेपछि आजित भएर वडाअध्यक्ष खड्काले टोलवासीलाई भने । उनले दैनिकजसो महनगरपालिका पुग्दापनि समस्याको समाधान हुन नसकेको गुनासो गरे । 

 महानगरपालिका  पूर्वाधार निर्माण महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रदीप पौडेलले स्थानीयकै कारण बाटो मर्मत हुन ढिलाई भएको आरोप लगाए । उनले भने–काम गर्ने बेला भयो । कहिले पाइप हाल्न थालेको हुन्छ त कहिले ममर्त गर्न थालेका हुन्छन् ।   करिब ८ सय  मिटरलामो उक्त बाटो पिच गर्नआदेश दिन नसक्ने र भइरहेको ढलान अलपत्र पार्ने ठेकेदारलाई खासै कारबाही गर्न नसक्ने महाशाखा प्रमुख पौडेलले जवाफ दिनुभयो–मलाई गाली गर्दैमा केही हुँदैन । 

 काम गर्न सुरु नहुँदै ढलान भत्काएको विषयमा गैरजिम्मेवारी उत्तर दिँदै महाशाखा प्रमुख पौडेलले जवाफ दिए तपाईहरुले के गर्न सक्नुहुन्छ गर्नुस् ।  दैनिकजसो सवारी साधन दुर्घटना भइरहेको विषयमा उत्तर दिँदै भने–बनाउँदै छौ । के गर्नेत । नेपाल समाचारपत्रको प्रश्नको गलत उत्तर दिँदै उनले भने–स्थानीयको कारण समस्या भएको हो । 

 ढलान बाटोमा त पाइप छैन त ? पहिला पिच गरेर ढलान फोडेको भए के हुनेथियो त ? भन्ने प्रश्नमा उनको उत्तर थियो–काम गर्दा जसरी सजिलो हुन्छ त्यसरीनै गरिरहेको होला । केहीबेर विवाद भएपछि उनको उत्तर थियो– यो ठेकेदारकै कारण समस्या आएको छ । चारपटक म्याद थपिसक्यौ अझै काम भएको छैन । असारमा मात्र ठेक्का दिएको होइन होला नि  त ? दुईवर्ष भैसक्नो नि भन्ने प्रश्नमा महाशाखा प्रमुख पौडेलको भनाई थियो– तपाईं  झगडा गर्न खोज्नुभएको हो ? कार्यालयको विषयमा जवाफ लिने भए प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस , उहानै हाम्रो हाकिम हो । लगत्तै उनलाई प्रश्न सोध्यौ तपाई महाशाखा प्रमुख होइन ? हो  के गर्ने त ? उनको उत्तर थियो । महाशाखा प्रमुख पौडेलको भनाई लगत्तै प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठलाई सम्पर्क गर्दा उनले मोबाईल उठाइनन  । सो  विषयमा मेयरका स्वकीय सचिव इन्द्र बज्राचार्यलाई समेत जानकारी गराइएको थियो । उनले सो विषयमा  सम्बन्धीत विभागीय प्रमुख पौडेललार्य लाई ध्यानाकर्षण गराएको बताए।

 महाशाखा प्रमुख पौडेलले सो बाटो निर्माण हुन नसकेको बारे जानकारी लिन र महाशाखाले कति दवाव दिएको छ ? भन्ने बारेमा बुझ्न कार्यालय आउन आग्रह गरे । भञ्ज्याङ क्षेत्रमा दैनिक दुईदर्जनबढी विद्यालयका सवारी गुड्छन् । बाटो ध्वस्त भएर दैनिक दर्जनौँ सवारी फस्ने गरेको छ । 

 वडा अध्यक्ष खड्काले बाटो निर्माण हुन नसकेको विषयमा आफूले सबैतहसंग कुरा गरिसकेको  बताए । उनले भने–मैले त सहिन अब लेखिदिए हुन्छ ? स्थानीय नवराज कुँबरले दुईवर्ष बित्दापनि ८ सय मिटर बाटो बनाउन नसक्नु महानगरको गम्भीर लापरबाही भएको आरोप लगाए । भने–हामी भञ्ज्याङमा बसिरहेका छौ, दैनिक आधादर्जन बढी सवारी दुर्घटना भइरहेको छ । उनले काम गर्ने ठेकेदार र काम लगाउने महाशाखा प्रमुखलाई दिनभर यो क्षेत्रमा राखेर अवस्थाबारे जानकारी गराउने बेला आएको बताए । 

वडा अध्यक्ष खड्काले यस विषयमा हिजै महानगरपालिका संग कुराकानी गरेको जानकारी दिए । वडा अध्यक्ष खड्का र सदस्य गोपाल डंगोलले ठेकेदारलाई बाटो मर्मत गरेर समस्या समाधान गर्न दर्जनौँ पटक आग्रह गर्दा समेत सुनुवाइ भएको छैन । सधैँ आउँछु भन्छ, आउँदैन हामी त है्रान भैसक्यौ अध्यक्ष खड्का र सदस्य डंगोलको भनाई थियो । स्थानीयले बाटोबन्द गर्ने तयारी गर्दापनि वडाध्यक्षको आग्रहको कारण रोखिदै आएको छ । महानगरको महाशाखा प्रमुखले नै तत्तका मर्मत गरी सवारी दुर्घटना हुनबाट रोक्ने उपाय खोज्ने बचन दिनुभन्दा उल्टै  स्थानीयलाई दोष दिएको कारण आक्रोश बढेको हो ।