उदयपुर ।
सप्तकोशी नदीमा पानीको वहाव बढेसँगै जोखिममा रहेको बेलका नगरपालिकाको कोशी तटको स्थलगत अनुगमन निरीक्षण गरिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलको नेतृत्वमा बेलका नगरपालिकाको टोलीले जोखिम क्षेत्रको निरीक्षण गरेको हो ।
बेलका नगरपालिकाको वडा नम्बर ८, ९, ३ र २ कोशी नदीको जोखिममा पर्ने गरेका छन्। विगत ७ वर्षदेखि कोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दै आएको छ, जसले बस्तीहरूमा ठूलो जोखिम निम्त्याएको छ ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगी, प्रमुख सेनानी मनोज कार्की, बेलका नगरपालिकाका उपप्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी लुईटेलले नदीको वहाव बढेर बस्तीतर्फ पस्ने खतरा देखिएमा तत्काल उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको बताए । साथै, नदीको पानी बस्तीमा प्रवेश गर्न नदिन विगतमा ठेक्का सम्झौता भएको नदी नियन्त्रणको कामलाई तीव्रता दिन बेलका नगरपालिकाले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।











प्रतिक्रिया