काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १८ गतेसम्म देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ९६.४७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
मन्त्रालयका अनुसार मनसुन चाँडै सुरु भए पनि समयमा वर्षा नहुनाले अधिकांश प्रदेशमा रोपाइँ सुस्त भएको हो। कुल १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये हालसम्म ११ लाख ५६ हजार ६८८ हेक्टरमा रोपाइँ सकिएको छ।
प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै ९९.७२ प्रतिशत रोपाइँ भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ५७.२८ प्रतिशत मात्रै सम्पन्न भएको छ। कर्णालीमा ९६.४७, लुम्बिनीमा ९५.९६, वाग्मतीमा ९२.९२, गण्डकीमा ८८.९७ र कोसी प्रदेशमा ८९.०३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
सरकारले समयमै वर्षा नहुँदा रोपाइँ प्रभावित भएको बताउँदै आगामी दिनमा उपयुक्त कृषि नीतिका माध्यमबाट असर कम गर्ने तयारी गरिरहेको जनाएको छ।











प्रतिक्रिया