एमआरपी राख्न व्यवसायीको आनाकानी


ललितपुर ।

सरकारले लागू गरेको प्रत्येक वस्तुमा अधिकतम् खुद्र बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने प्रावधानलाई पालना गर्न व्यवसायीहरुले आलटाल गर्दै आएका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ उपदफा (२) खण्ड (ञ) मा उत्पादकले वस्तुमा लाग्ने सबै प्रकारको कर समावेश गरी हुन अधितम खुद्रा बिक्री मूल्य (एमआरपी) लगाउनुपर्ने व्यवस्था रहेको छ । कुनै वस्तु वा सेवाको उपभोक्ताबाट खुद्रास्तरमा असुल्न सकिने अधिकतम मूल्य हो । जसमा पैठारीकर्ताले कानुन बमोजिम बुझाएको भन्सार, तहगत नाफा, ढुवानी खर्च, प्रशासनिक खर्च सबै प्रकारको कर समावेश हुन्छ ।

आर्थिक वर्ष २०८२|८३ लागू गर्न लागिएको सो प्रावधानको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत १४ गतेदेखि सार्वजनिक सूचना, छलफल अन्तरक्रिया गर्दै आएको छ। विभागका बजार अधिकृत अमित झाका अनुसार डण्डी, सिमेन्ट, विद्युतीय सामग्री, कस्मेटिक, खाद्यान्न, लत्ता कपडा,फर्निचर, घडी लगायत वस्तुमा एमआरपी कार्यान्वयन भइसकेको छ।

तर अझै पनि विशेषगरी साना तथा मझौला व्यवसायीहरुले कारोबार नभएको, स्टकको सामानको नसकिएको भन्दै त्यसलाई पालना गर्न आलटाल गर्दैै आएको छ। विभागका बजार अधिकृत अमित झाले भन्नुभयो–‘एमआरपी भनेको उत्पादनकर्ता र आयातकर्ताले लगाउने हो। यो कुरो नबुझिकन व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।’ उहाँले भन्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले एमआरपी, तथा अनुगमन समन्वय नहँुदा साना तथा मझौला व्यवसायीहरु विस्थापित हुने खतरामा रहेको बताउनुभयो।सरकारले अर्बौ राजस्व तिर्ने व्यवसायीहरु हित र उत्थानका लागि सरकार गम्भीर नभएको पनि महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यको गुनासो रहेको छ ।

महानिर्देशक कुमारप्रसाद दाहालले ७० प्रतिशत बजार अनौपचारिक तवरमा चलिरहेको उल्लेख गर्दै त्यसलाई लुकाउन व्यवसायीले नीतिको विरोध गर्ने गरेको बताउनुभयो । अधिकत्तम खुद्रा मूल्य लागू गर्ने भनेको उत्पादनकर्ता र आयातकर्ताले हो।तर पनि व्यवसायीहरुले यो लागू गर्न नसक्ने भनिरहेको छ।यसले गर्दा केही कुरामा शंका गर्नुपर्ने हुन्छ। वास्तवमा भन्ने हो भने नेपालको बजारको बढीभन्दा बढी हिस्सा झन्डै ७० प्रतिशत अनौपचारिक तवरमा चलिरहेको छ।यो कुरा लुकाउन व्यवसायीहरुले सधै नीतिको विरोध गरिरहेको छ ।’ उहाँले भन्नुभयो ।

व्यवसायीहरुले एमआरपी लागू गर्न विभिन्न समस्या तेस्र्याएकोमा प्रतिप्रश्न गर्र्दै महानिर्देशक दाहालले भन्नुभयो–‘ एमआरपी लागू गर्न कहाँनिर अप्ठ्यारो भयो त? एमआरपीसंग किन डराइरहेको हो ?’ व्यवसायीहरुले सधै अनुगमनको विरोध गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘के अनुगमन धेरै हँुदा बजार सप्रिएको हो त ?’ व्यवसायीहरुले आफूले कमाएर अनुसार कर तिर्न नचाहेकोले अनेक बखेडा झिकिरहेको उहाँको तर्क रहेको छ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले व्यवसायीहरु नीति नियमको पालना गर्न सधै उदासिन रहेको उल्लेख गर्दै भन्नुभयो ‘ व्यवसायीहरु नितान्त आफ्नो नाफाको लागि व्यापार गर्छन्।त्यसक्रममा उनीहरु नियम, कानुन केही पनि हेर्दैनन् र जान्न पनि चाहँदैनन् । तिनै व्यवसायीहरु जब कानुनको फन्डामा पर्छन् तब दशथरि कुरा गर्ने गर्छन्।स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन् ।’

ऐन, नियम पालना गर्नुको साटो पालना गर्न नचाहने प्रवृतिकै कारण व्यवसायीहरु सरकारलाई दबाब दिएर, आरोप लगाएर त्यसबाट उन्मुक्ति चाहने गरेको गरेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ । उहाँले भन्नुभयो–‘कानुन पालना गरी व्यवसाय गर्ने भन्ने कुरो नबुझेपछि कानुनी समस्या आउ“दा जे पनि गर्न तयार हुने गर्छन्। यसले गर्दा विभिन्न समस्या निम्त्एिको हो ।’

व्यवसायीहरुले कानुन पालना गरेर व्यवसाय गरेमा एमआरपी वा अनुगमनबाट डराउनुपर्दैन भनेर बुझ्नु जरुरी बताउ“दै अध्यक्ष महर्जनले भन्नुभयो–‘अनुगमन गर्दा व्यवसायीहरु अनुचित क्रियाकलापमा संलग्न रहेको पाइएको छ।यसले गर्दा अनुगमनलाई लिएर बखेडा झिक्ने गर्छन्।वास्तवमा स्वच्छ भएर व्यवसाय गर्ने हो भने कुनै पनि समस्या छैन भनेर बुझ्नु जरुरी रहेको छ ।’ अर्कोतर्फ कानुन निर्माण गर्दा सरोकारवाला पक्षसंग पर्याप्त छलफल नहुने कारणले पनि कानुनको कार्यान्वयनमा समस्या आउने गरेको पनि अध्यक्ष महर्जनको कथन रहेको छ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले ऐन, नियमको विषयमा जानकारी नभएका कारण व्यवसायीहरु डराइरहेको बताउँदै भन्नुभयो–‘ कानुनको पालना गर्ने हो भनेर व्यवसायीले निर्धक भएर व्यवसाय गर्न सक्छ।’ ललितपुर उद्योग वाणिज्य संघको वाणिज्य तथा आपूर्ति समितिले आयोजना गरेको व्यवसायसंग सम्बन्धित नीति नियमबारे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बज्राचार्यले व्यवसायी सम्बन्धी ऐन, कानुनका विषयमा मात्र व्यवसायीहरु सचेत भएर मात्र नपुग्ने तथा कानुन निर्माणको पक्रियामा पनि थप सचेतनाको खाँचो औल्याउनुभयो।