मकवानपुर।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट घर फिर्ता भएका छन् । पिसाबसम्बन्धी सङ्क्रमणपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइएको र स्वास्थ्यमा सुधार आएकाले आज उनी घर फिर्ता बजेका हुन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रकाश चौलागाईले हेटौँडास्थित सरकारी निवासमा रहेका बेला गत साउन १४ गते राति समस्या देखिएपछि उनी अर्को दिन थप उपचारका लागि काठमाडौँ आएको बताए ।
प्रदेश प्रमुख देवकोटा भोलिदेखि नियमित काममा फर्किने जानकारी प्राप्त भएको उनले बताए ।











प्रतिक्रिया