काठमाडौं ।
नेपालको सवारी साधन इतिहासमा पहिलोपटक स्कूटरले ५ हजार ३०० मिटर उचाइमा रहेको ज्याङला पास (उपल्लो डोल्पा) सम्मको यात्रा सम्पन्न गरेको छ । सो यात्रा नेपाल एटु वन्डर टोली र स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा होण्डा डिओ १२५ स्कूटरमार्फत गरिएको हो ।
शहरी मार्गका लागि डिजाइन गरिएको स्कूटरले हिमाली भूगोलमा अनुकूलता देखाउँदै अक्सिजनको न्यूनता, उकालो, ढुंगे र बगरयुक्त बाटो पार गर्दै कुनै ठूला यान्त्रिक समस्या विना यात्रा सम्पन्न गरेको थियो। १२३.९२ सीसी बीएस सिक्स इन्जिन रहेको स्कूटरमा इएसपी टेक्नोलोजी, टेलिस्कोपिक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट, डिजिटल मिटर र सीबीएस ब्रेकिङ प्रणालीले यात्रालाई सहज बनाएको कम्पनीको भनाइ छ।











प्रतिक्रिया