कर्णाली प्रदेश सरकारद्वारा १६ हजार घरको बीमा


सुर्खेत ।

कर्णाली प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि पहिलोपटक घर बीमा कार्यक्रम सुरु गरेको छ । पहिलो चरणमा १५ स्थानीय तहका १६ हजार ७२ घरको बीमा गरिएको छ, जसका लागि प्रदेश सरकारले करिब ९८ लाख रुपियाँ प्रिमियम भुक्तानी गरेको हो ।

कार्यविधिअनुसार एक घरका लागि अधिकतम २० लाख रूपियाँसम्मको बीमाको खर्च सरकारले व्यहोर्नेछ । कार्यक्रमअन्तर्गत बाढी, भूकम्प, आगलागी, पहिरोजस्ता विपद्ले घरमा पु¥याउने क्षति समेटिएको छ ।

मुख्यमन्त्री यामलाल कडेलले विपद्पछि राहत वितरण गर्नुभन्दा पहिले बीमामार्फत सुरक्षा दिनु रणनीतिक उपाय भएको बताउनुभयो । चालू आर्थिक वर्षमा कार्यक्रम विस्तार गरी अन्य पालिकालाई समेट्ने तयारी गरिएको छ।

कार्यक्रमअन्तर्गत भूकम्प, बाढी, डुबान, आगलागी, पहिरो, हावाहुरी, चट्याङ, हुलदंगा, आतंकवाद, आकस्मिक दुर्घटना, अन्य प्राकृतिक तथा मानवजन्य क्षति समेटिएका छन् ।