माथिल्लो सेती जलविद्युत्मा १४ बैंकले लगानी गर्ने



काठमाडौं ।

बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कुमारी बैंकको नेतृत्वमा भएको छ। १४ बैंक र वित्तीय संस्थाले झन्डै ४१ अर्ब ६० करोड रुपियाँ लगानी गर्नेछन्।

समृद्धि इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाको सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जीका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व पुँजीको संरचनामा आयोजना अघि बढाइनेछ ।

आयोजना अर्ध जलाशययुक्त प्रणालीमा आधारित छ, जसले वर्षमा १ हजार २३० गिगावाट घण्टा विद्युत उत्पादन गर्नेछ । सन् २०३१ जुलाई १५ भित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजनाको कुल लागत प्रतिमेगावाट करिब १९ दशमलव २५ करोड हुनेछ । विद्युत प्राधिकरणसँग पीपीए भइसकेको छ । उत्पादन हुने बिजुली ३० किलोमिटर लामो २२० के.भी प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

आयोजनामा प्रमुख लगानीकर्ता कम्पनीहरूमा सिउरी न्यादी, न्यादी ग्रुप, सगरमाथा जलविद्युत् कम्पनी, माइ खोला हाइड्रो र एस होल्डिङ छन ्। आयोजनाले सुदूरपश्चिमको ऊर्जा, पूर्वाधार, रोजगारी र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।