पर्यटकको आगमन बढ्यो


काठमाडौं ।

सन् २०२५ को जुलाई महिनामा नेपालमा ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकले भ्रमण गरेको छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार यो आगमनदर सन् २०१९ को महामारी पूर्वको अप्रिल महिनासँग तुलना गर्दा ९९ प्रतिशत रिकभरी भएको संकेत हो । सन् २०२५ को जनवरीदेखि जुलाईसम्मका सात महिनाको अवधिमा ६ लाख ४७ हजार ८ सय ८२ जना पर्यटक नेपाल आएका छन्, जुन महामारीपछिको अवधि यताकै उच्चतम हो ।

नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा भारतबाट २७ हजार १५२ जना, चीनबाट ६ हजार ८९० जना, अमेरिकाबाट ६ हजार ६२६ जना, बंगलादेशबाट ४ हजार ४१३ जना ,बेलायतबाट ३ हजार ५४७ जनाले नेपाल भ्रमण गरेका छन् ।