काठमाडौँ ।
आफ्नो पक्षका थप तीन जना सांसदले मन्त्री पाउने भएपछि बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन् । अहिले पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन् ।
राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । कुन्दन राज काफ्ुले, हरिप्रभा खड्की, गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा निरन्तरता दिने सहमति भएपछि आइतबार लामाले राजीनामा दिन सहमति जनाएका हुन्।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी छन् । अन्य तीन जनालाई मन्त्री नियुक्त गरे पनि सपथ गराइएको छैन।











प्रतिक्रिया