ओखलढुङ्गा ।
ओखलढुङ्गाको रुम्जाटारमा राष्ट्रिय कोदो दिवस मनाइएको छ । सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा माझ चण्डेश्वरी कृषक समूह रुम्जाटारको आयोजनामा रुम्जाटारमा राष्ट्रिय कोदो दिवस मनाइएको हो ।
कार्यक्रममा कोदो बनेका बेकरी परिकारहरू कार्यक्रमका अतिथि तथा आगन्तुक पाहुनाहरूलाई खुवाइएको थियो । छोटो औपचारिक कार्यक्रम पश्चात् सिद्धिचरण ४ का कृषकहरू रुबिना गुरुङ र यदुनाथ दाहालको बारीमा सामूहिक कोदो रोपाइ गरिएको थियो । रुम्जाटार कादो उत्पादनको लागी निक्कै प्रख्यात ठाउँ रहेको छ ।
यहाँ विषेश गरी ४ प्रजातिका कोदो खेती गर्ने गरिएको रुम्जाटारका अग्रज किसानहरूको भनाई रहेको छ । रुम्जाटारमा पाङदुरे, नाङग्रे, डल्ले र च्याल्से कोदोको खेती गर्ने गरिएको वर्षौ देखी कोदो खेती गर्दै आएका यहाँका किसान ख्याम प्रसाद दाहालको भनाई छ । पहिलाको तुलनामा अहिले निक्कै कम मात्रामा कोदो खेत गर्ने गरिएको यहाँका किसानहरू बताउँछन । रुम्जाटार सुख्खा क्षेत्र रहेकाले पानीको अभावका कारण कोदो खेती घट्दै गएको कृषकहरूको भनाई छ ।
यहाँ ४ प्रजातिका कोदो खेती गर्ने गरिएको भएता पनि अहिले भने २ प्रजातिका कोदोहरू खेती गर्ने गरिएको यहाँका किसान बाल कृष्ण गुरुङको भनाई रहेको छ । रुम्जाटारमा अहिले डल्ले र नङग्रे प्रजातिका कोदोहरू मात्रै खेती गर्ने गरिएको उन को भनाई रहेको छ ।











प्रतिक्रिया