सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५०० र चाँदी ३५ रुपैयाँले सस्तो


काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर २,२३५ रुपैयाँमा कारोबार भइरहेको छ।