काठमाडौँ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाउँदै अन्य इन्धनको मूल्यमा भने वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँले बढाइएको छ।
नयाँ मूल्य समायोजन भारतीय आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको ताजा मूल्य सूचीका आधारमा गरिएको निगमले जनाएको छ।
हवाई इन्धनको हकमा, अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा प्रति किलो लिटर २१ अमेरिकी डलर मूल्य बढाइएको छ। पोखरा र भैरहवाका लागि भने ‘ब्रेक डाउन पोइन्ट’ मा निर्धारण गरिएको मूल्य कायम गरिएको बताइएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ। समायोजित नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।












प्रतिक्रिया