काठमाण्डौं।
गृहमन्त्री रमेश लेखकसित संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले भेट गरेकी छन्। बिहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाबीच भेटवार्ता भएको हो ।
भेटमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चाँसो व्यक्त गरिन् । उनले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् ।
मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पु¥याउन सक्रिय रहेको बताए । लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनपनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।











प्रतिक्रिया