सवारी दुर्घटनामा परी चालकको मृत्यु 


उदयपुर।  

बिहीबार बिहान ७ बजे उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ स्थित मदन भण्डारी लोकमार्गको अँधेरीमा एक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

उदयपुर जिल्लाको सबैभन्दा बढी दुर्घटना हुने ठाउँका रुपमा रहेको मदन भण्डारी लोकमार्गको अधेरीमा भएको सो दुर्घटना काठमाण्डौबाट गाईघाट आउँदै गरेको प्रदेश १—०२—००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भएर भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सो ट्रकका चालक त्रियुगा नगरपालिका वडा नं ४ बगाहाका ३५ वर्षका जीवन परियार शरीरको विभिन्न भागमा गहिरो चोट पटक लागेर घाइते भएकोमा उपचारकालागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले बिहान ७ बजेर १० मिनटमा मृत घोषणा गरेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

उक्त दूर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरको अधिकृत सहितको टोली खटिई गएकोले आवश्यक अनुसन्धान को काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै आज बिहान ६ बजेको  समयमा उदयपुरगढी गाँउपालिका वडा नं। ०७ अधेरी  स्थित काठमाण्डौबाट इटहरी तर्फ जाँदै गरेको प्र १-०२-००१ ख ९२६० नम्बरको  ट्रक आफै अनियन्त्रित भइ  सडक साईडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका वडा नं ४ बगाहा बस्ने वर्ष अं। ३५ को जिवन बि.क को मृत्यु भएको छ ।

    निजको शरीरको विभिन्न भागमा चोटपटक लागि अवस्था गम्भीर भई जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारको क्रममा बिहान  ७:१० बजे अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन ।

           उक्त घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।