सिन्धुलीबाट हराएका हायू परिवार पोखराको गगनगौंडामा भेटिए


सिन्धुली।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखराको गगनगौंडामा फेला परेको छ। बेपत्ता भएको भनिएको हायू परिवार पोखरा महानगरपालिका- ३० स्थित गगनगौंडामा फेला परेको प्रहरीले जनाएको छ।

परिवारका सदस्यहरू गत शनिबार पोखरास्थित होटल जननीमा पुगेका थिए र त्यहीँ बसेको खुलेको हो। होटल जननीका सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू शनिबार साँझ होटल आएर आइतबार बिहान नै चेक आउट गरेर निस्किएका थिए ।

उनीहरुले तीन वटा कोठा लिएर होटलमा बसेको बताइएको छ ।

यसअघि सोमबार गाउँपालिकाले हायू परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो। उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।