काठमाडौं।
सरकारको सार्वजनिक ऋण एक वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपियाँले वृद्धि भई २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपियाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार २०८१ असारको अन्त्यसम्म कुल ऋण रकम २४ खर्ब ३८ अर्ब ४८ करोड ८७ लाख रुपियाँ थियो । एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब ऋण थप र विदेशी विनिमय दर बढेका कारण ६६ अर्ब ९३ करोड ३८ लाख रुपियाँ थप भार बढेको हो ।
कुल सार्वजनिक ऋण कुल गाहस्र्थ उत्पादन (जीडीपी) को ४३ दशमलव ७१ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड ४५ लाख अर्थात् २२ दशमलव १४ प्रतिशत र बाह्य ऋण १४ खर्ब १ अर्ब १५ करोड २८ लाख अर्थात्् जीडीपीको २४ दशमलव ५६ प्रतिशत रहेको छ ।











प्रतिक्रिया