रौतहट ।
ठगी आरोपित एक सरकारी अधिकृतले पीडितको मिलापत्रमा कारबाहीबाट जोगिएका छन्। तर, उनले आर्जेको सम्पत्तिको छानबिन हुनुपर्ने आवाज उठेको छ। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका काठमाडौं स्थीत नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहले पीडितलाई ठगेको रकम फिर्ता गरेर कानुनी कारबाहीबाट जोगिएपनि उनले सेवा अवधिमा कमाएको अकुत सम्पत्तिको छानबिन हुनु पर्ने आवाज उठेको हो ।
सरकारी कर्मचारीको हैसियतमा रहेका नापी अधिकृत साहले निजी व्यवसायमा संलग्न रही विश्वासको दुरुपयोग गर्दै ठगी गरेको आरोप रहेको हो । कारबाहीबाट उन्मुक्ति पाएपछि आईतबार नापी अधिकृत साह कार्यालयमा हाजिर भएका छन् । तर, उनी लामो समय कार्यालयको सम्पर्कमा नरहेपछि विभागले समेत उनलाई जोगाएको छ । कानुनी झमेला बाट उन्मुक्ति पाएका नापी अधिकृत साहले जग्गा व्यवसायमा गरेको लगानी र ठगेको रकम फिर्ता गरेपछि सम्पत्तिको श्रोत खोजी हुनु पर्ने सरोज चौधरीले बताए ।
नापी अधिकृत साहले रौतहटको गरुडा नगरपालिका –६ पोठियाही निबासी सन्तोषकुमार चौधरी सँगको संयुक्त लगानीमा काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको नाममा रहेको सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ को कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन खरिद गरेको बर्ष दिन नपुग्दै एकलौटी बिक्री गरेर ठगी गरेको आरोपमा जिल्ला अदालत गौरबाट पक्राउ पुर्जी जारी भएपनि उनी पीडित सँगको मिलापत्रमा उन्मुक्ति पाएका हुन ।
ईलाका प्रहरी कार्यालय गरुडाले जेष्ठ १३ गते जिल्ला अदालत गौर बाट पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकै अवस्थामा पीडित लाई रकम फिर्ता गरेसंगै उनको मुद्दा गत बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको हो । नापी अधिकृत साहका प्रतिनिधि जीतनारायण साहले जग्गा धनीको छोरा धीरज श्रेष्ठको नाममा जम्मा गरेको उक्त रकम पीडित संतोष चौधरीको श्रीमती अजीता कुमारी चौधरीको बैक खातामा रकम जम्मा गरेका हुन। तर, जमिन खरिद गर्ने समयमा नापी अधिकृत स्वयमले जग्गा धनीलाई रकम बुझाएको पीडितपक्षले बताएका छन् । नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहदा कित्ताकाटमा जग्गाधनीसँग अनधिकृत रकम लिएकोदेखि बिचौलिया सँगको मिलेमतोमा जग्गाको कारोबार गरेको आरोप उनीमाथि लागेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले ठगेको रकम पीडितलाई फिर्ता गरेपछि उन्मुक्ति मिलेको बताए ।











प्रतिक्रिया