काठमाडौं ।
नेपाल उद्योग परिसंघले आगामी दुई वर्षे कार्यकाललाई लक्षित गर्दै १९ वटा क्षेत्रगत समिति, परिषद् तथा फोरम गठन गरेको छ । आइतबार परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवनियुक्त सभापति तथा उपसभापतिहरुलाई मनोनयन पत्र प्रदान गर्नुभयो ।
गठित संरचनामा उद्योग, राजश्व, कृषि, पूर्वाधार, बैंकिङ, पर्यटन, ऊर्जा, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, महिला नेतृत्व, स्टार्टअप तथा युवा उद्यमी, सीइओज् फोरम लगायतका समिति र परिषद्हरू छन् ।
अध्यक्ष पाण्डेले सरकारले नीति निर्माण गर्दा परिसंघले स्पष्ट सुझाव दिने, उद्यमशीलताको प्रवद्र्धन गर्दै देशको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नवगठित समितिमध्ये उद्योग समितिमा राहुल अग्रवाल (सभापति), गुरु अधिकारी (उपसभापति), राजस्व समितिमा गोपाल अग्रवाल (सभापति), दीपक कुमार अग्रवाल, शेषमणि दहाल (उपसभापति),
कृषि समितिमा हितेश गोल्छा, मेक इन नेपाल समितिमा प्राशी अग्रवाल, विदूषी राणा, ग्लोबल बिजनेस समितिमा चन्द्र टण्डन, वर्ण न्यौपाने, पूर्वाधार समितिमा रामकृष्ण खतिवडा, बसन्त चन्द, बैंकिङ समिति : वरुण तोदी, पर्यटन समितिमा पम्फा धमला, अशोक पोखरेल, रोमी अर्याल, प्रदेश समन्वय समितिमा लेखराज पोखरेल, पवन शारडा, सदस्यता समितिमा गौरव शारडा, उत्पत्ति प्रमाणपत्र समितिमा आकाश गोल्छा, शिक्षा समितिमा आषिश जजोडिया, यश अग्रवाल, स्वास्थ्य समितिमा मनिष खेम्का, आशिष अग्रवाल, रोजगारदाता परिषद्मा ध्रुव रिजाल रहेका छन् ।
त्यस्तै ऊर्जा परिषद् : आशिष गर्ग, सन्जीव न्यौपाने, सूचना प्रविधि परिषद्मा सन्जय गोल्छा, सीइओज् फोरममा हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरम : विदूषी राणा, आश्रयता कार्की र स्टार्टअप मञ्चमा अनुराग गोयल, आशिष अग्रवाल रहेका छन् ।











प्रतिक्रिया