‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट सेवा सुरु, १ AUD = रू १०० को विशेष अफर


काठमाडौं ।

डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको छ। अस्ट्रेलियाको नियामक निकाय AUSTRAC बाट आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै अब अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई नेपालमा पैसा पठाउन सजिलो, छिटो र पारदर्शी भएको छ।

‘हाम्रो पात्रो रेमिट’ मार्फत पठाइएको रकम सिधै नेपाली बैंक खातामा तत्काल ट्रान्सफर हुने सुविधा उपलब्ध छ। सेवा सुरु भएको अवसरमा, पहिलो ५,००० प्रयोगकर्ताका लागि १०० अष्ट्रेलियन डलरसम्मको रकम पठाउँदा १ AUD बराबर रू १०० को विशेष विनिमय दरको अफर पनि उपलब्ध गराइएको छ।

यो सेवा ‘हाम्रो पात्रो’ एप तथा remit.hamropatro.com/aus मा प्रयोग गर्न सकिनेछ।