लन्डन ।
इंग्ल्यान्डका दिग्गज ब्याटर जोए रूट भारतविरुद्धको चौथो टेस्टमा शतक बनाएसँगैं सर्वाधिक टेस्ट रन बनाउनेमा दोस्रो स्थानमा उक्लिएका छन् । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा जारी टेस्टमा रूटले १ सय २० रन बनाएका हुन् । उनको यो ३८ औं टेस्ट शतक हो भने उनले श्रीलंकाका ब्याटर कुमार सांगकारासँग शतकमा बराबरीसमेत गरेका छन् ।
रूटले भारतविरुद्ध शतक प्रहार गरेसँगैं अस्टे«लियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याकस कालिस र भारतका राहुल द्रविडलाई पछार्दै दोस्रो स्थान ओगटेका हुन् । उनले १३ हजार ४ सय ९ रन बनाएका छन् । उनी टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतका दिग्गज ब्याटर सचिन तेन्दुलकरभन्दा २ हजार ५ सय १२ रनले पछि छन् ।
तेन्दुलकरले १९८९ देखि २०१३ सम्म गरी २ सय टेस्टमा खेलेका थिए । यस आँकडासँग तुलना गर्दा २०१२ देखि टेस्ट खेलेका रूटले केवल १ सय ५७ टेस्ट खेलेका छन् । अहिले ३४ वर्ष भइसकेका उनले फिट हुँदैं लगातार ३० टेस्छ मात्रै खेल्न पाएमा तेन्दुलकरको सर्वाधिक रन तोड्न सकिने अनुमान गरिएको छ । तेन्दुलकरले टेस्टमा १५ हजार ९ सय २१ रन बनाएका छन् ।
टेस्टमा सर्वाधिक रन बनाउने ५ ब्याटर
१ सचिन तेन्दुलकर (भारत) १५,९२१
२ जोए रूट (इंग्ल्यान्ड) १३,४०९
३ रिकी पोन्टिङ (अस्टे«लिया) १३,३७८
४ ज्याकस कालिस (दक्षिण अफ्रिका) १३,२८९
५ राहुल द्रविड (भारत) १३,२८८











प्रतिक्रिया