डेभिडको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई सिरिज


लन्डन, (एजेन्सी)

अस्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी २० आई सिरिज जितेको छ । सेन्ट किट्स एण्ड नेभिसमा शनिवार बिहान भएको खेलमा अस्ट्रेलियाले ६ विकेटले जित हासिल गरेको हो । योसँगैं भ्रमणकारी टोली अस्टे«लियाले ३–० को अग्रता लिँदैं सिरिज जित्यो ।

वेस्ट इन्डिजले २ सय १५ रनको विशाल लक्ष्य दिएपनि टिम डेभिडले कीर्तिमान शतक प्रहार गरेपछि अस्टे«लियाले जित हात पार्न सफल भयो । उनले ३७ बलमा ६ चौका र ११ चौकाको सहयोगमा १ सय २ रन बनाएका थिए ।

योसँगैं डेभिडले टी २० आईमा छिटो शतक बनाउने कीर्तिमान राखे । यसअघि जोस इंग्लिसले स्कटल्यान्डविरुद्ध ४२ बलमा शतक प्रहार गरेको अस्टे«लियाको तर्फबाट टी २० फरम्याटमा छिटो शतक थियो । यो डेभिडको टी २० करिअरमा पहिलो शतकसमेत हो ।

वेस्ट इन्डिजका लागि भने शाइ होपले टी २० करिअरमा पहिलो शतक प्रहार गरेपनि जित भने दिलाउन सकेनन् । ब्रेन्डन किंग र उनले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारीसमेत गरेका थिए ।