काठमाडौं ।
गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित गुरुङको निधन भरतपुरको दिब्यनगरस्थित निवासमा भएको हो।
२००६ सालमा कास्कीको ल्वाङघलेलमा जन्मिनुभएका गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो। उहाँ नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति तथा सुकुम्वासी समस्या आयोग नवलपरासीका अध्यक्ष समेत रहनुभएको थियो।
गुरुङका एक छोरा र श्रीमती छन्। छोरा हाल क्यानडामा रहेका कारण आइतबार बिहान नेपाल आइपुगेपछि देवघाटमा अन्तिम संस्कार गरिने कांग्रेस नेता दलबहादुर गुरुङले जानकारी दिनुभएको छ।











प्रतिक्रिया