हेटौंडा।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। शुक्रबार हेटौंडास्थित नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा चार मन्त्रीसहित २१ जना प्रदेश सांसदहरूले प्रस्तावमा हस्ताक्षर गरेका हुन्।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ छन्। उनीहरूले प्रस्तावमा हस्ताक्षर गर्दै आ–आफ्नो मन्त्रालयबाट राजीनामा पनि बुझाएका छन्।
सांसदहरूले नयाँ संसदीय दलको नेताका रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको नाम प्रस्ताव गर्दै समर्थन जनाएको जनाइएको छ। हेटौंडाबाट प्रदेशसभा सदस्य प्यारो कार्कीसहितका सांसदहरूको पनि प्रस्तावमा हस्ताक्षर रहेको छ।
यससँगै बागमती प्रदेशमा सत्ता समीकरण फेरिने प्रबल संकेत देखिएको छ।











प्रतिक्रिया