काठमाडौं ।
आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँ पुगेको छ।
बिहीबार यसको मूल्य १ लाख ९५ हजार २ सय रुपैयाँ थियो। यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २३४० रुपैयाँमा कारोबार भइरहेको छ।











प्रतिक्रिया