दोलखा।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गतको रोल्वालिङ खोला जलविद्युत आयोजनाले रिकु गाउँमा निर्माण हुन लागेको अडिट– १ टनेलको काम र लामाबगर– रिकु जोड्ने पैदल मार्ग निर्माणको काम रोकेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
लामाबगर– रिकु मोटरेवल बाटो निर्माण, अडिट– १ टनेल निर्माण र आयोजना तथा स्थानीयको समेत सामान ओसार– पसार गर्न प्रयोग हुँदै आएको तुइन (रोप– वे) सञ्चालन तत्काल नभएर रिकुमा आयोजनाको कुनैपनि काम गर्न नदिने स्थानीय अगुवा होमबहादुर खड्काले बताए । उनले आयोजनामा कर्मचारी राख्दा रिकु र सिमिगाँउका स्थानीयलाई प्राथमिकता दिँदै एक घर– एक रोजगारीको व्यवस्था गरिनुपर्ने समेत बताए ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्र्तगतकै २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट– १ टनेल दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ रिकु गाउँमा बन्दै छ । आयोजनाको अडिट– १ टनेल बन्ने भएपछि आयोजनाको सामान ओर्सान र स्थानीयलाई आवत– जाओतमा सहज होस भनेर हाई हिमाल मार्फत रोल्वालिङ खोला जलविद्युत आयोजनाले लामाबगर– रिकु पैदल मार्ग निर्माण सुरु गरेको छ भने तुइन (रोप– वे) समेत सञ्चालन गरेको छ ।
आयोजनाले विनाकारण स्थानीयलाई जानकारीनै नदिई पैदल मार्ग निर्माण रोकेको, अडिट– १ टनेलको काम रोकेर डोजर लगायतका सामानहरु अलपत्र छोडेको, तुइन (रोप– वे) सञ्चालन गर्न नदिएको, रोजगारीमा स्थानीयलाई प्राथमिकता नदिएको आरोप स्थानीयको छ ।
हामीले आयोजना सञ्चालन होस र गाउँको विकासमा समेत टेवा पुगोस् भनेर जग्गा अधिकरण लगायतका समस्याहरुलाई सहजै समाधान गरेका थियौ, स्थानीय होमबहादुर खड्काले भने– तर आयोजनाले विनाकारण काम रोकेर स्थानीयलाई हेप्ने काम गरिरहेको छ । आयोजनाले लामाबगर– रिकु मोटरेवुल सडक निर्माण, तुइन सञ्चालन, स्थानीयलाई रोजगारी, अडिट– १ टनेल निर्माणको काम सुचारु जस्ता स्थानीयसंगको सम्झौता अनुसारको काम तत्काल सुरु नगरे सशक्त विरोध गरिने अर्का स्थानीय भीम बहादुर खड्का बताउँछन् ।
आयोजनाको काम गर्ने जिम्मेवारी पाएको हाई हिमालका प्रमुख त्रिरत्न महर्जनले स्थानीयलाई हेप्ने काम गरेकोले उनलाई तत्काल हटाउनु पर्ने उनीहरुको माग छ । आयोजनाको अडिट– १ टनेल निर्माण पछि गाउँमा चहल– पहल बढेको भएपनि पछिल्लो समय आयोजनाले रिकु वासिको भावना विपरीत काम गर्दै आएको अर्का स्थानीय मेख तमाङ बताउँछन् ।
रोल्वालिङ खोला जलविद्युत आयोजनाको प्रमुख मनोज ताम्राकार भने रिकु गाउँमा निर्माण हुनलागेको अडिट– १ टनेल निर्माण र लामाबगर– रिकु जोड्ने पैदलमार्गको काम मौसमको कारण केही समय बन्द रहेको भएपनि सहज हुनासाथ सुरु गरिने बताउँछन् । अहिले पनि सजिलो कामहरु भै रहेको ताम्राकारको भनाई छ ।
रिकुका स्थानीयले लामाबगर– रिकु मोटरेवल बाटो निर्माण हुनुपर्ने माग सुरु देखिनै गरेको भएपनि आयोजनाले मोटरेवल बाटो निर्माण गर्न नसक्ने भएकोले स्थानीयको सहमतिमै पैदल मार्ग निर्माणमा आयोजनाले सहयोग गरेको आयोजना प्रमुख ताम्राकारले बताए । मोटरेवल बाटो निर्माणको लागि लामाबगर– रिकु, छ्योत छ्योत– सिमिगाँउ– रिकु र टाँसिनाम– रिकु कहाँबाट सम्भव हुन्छ भन्ने विषयमा गौरीशङ्कर गाँउपालिकाले डिपिआर तयार गरेको आयोजना प्रमुख ताम्राकारको भनाई छ ।
आयोजनाले तीन टन क्षमताको रोप– वे सञ्चालन गरेपछि स्थानीयको सामानहरु बोक्ने र रोजगारीमा आवश्यकता र क्षमताको आधारमा स्थानीयलाई प्राथमिकता दिने आयोजना प्रमुख ताम्राकारको भनाई छ । तर एक घर– एक रोजगारी भने सम्भव नहुने ताम्राकार बताउँछन् ।
गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की गौरीशङ्कर गाउँपालिकाको रिकु, सिमिगाँउ, टाँसिनाम जस्ता विकट ठाउँमा सडक पु¥याउन पालिकाले डिपिआर तयार गरेको तर लागत धेरै भएकोले संघ तथा प्रदेश सरकारको सहयोग नभै काम अघि बढाउन नसकिने बताउँछन् । सबैको सहयोग भयो भने पालिकाले रिकु लगायतका ठाउँमा सडक पु¥याउन आवश्यक प्रक्रिया अघि बढाउन सक्ने पालिका प्रमुख कार्कीको भनाई छ ।











प्रतिक्रिया