रौतहट ।
अन्नको भण्डार मानिने तराईको उर्वर भूमि खडेरीको चपेटाले खेतको धाँजा फाटन थालेको छ । सिचाई र पानीको अभावमा रोपाई हुन नसक्दा यस वर्ष धान रोपाइँमा कमी आएको छ । गत वर्ष यसै समयमा ८० प्रतिशत रोपाई भएको तराई मधेशको खेतीयोग्य जमिनमा यस वर्षको बिहीबार सम्म ४९ प्रतिशत मात्र धान रोपाई भएको जनाइएको छ ।
रोपिएको धान समेत पानीको अभावमा धाँजा फाटेर सुक्ने अवस्थामा पुगेको छ । रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको छ । नेपालमा खेती गरिने कुल जग्गाको १६ दशमलव २५ प्रतिशत मधेशमा खेतीयोग्य जमिन रहेको छ । मधेश प्रदेश सरकार कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदिप चौधरीका अनुसार सप्तरीमा ३५ प्रतिशत, सिराहामा ३७ प्रतिशत, धनुषामा ३५ प्रतिशत, महोतरीमा ३३ दशमलव ५ प्रतिशत, सर्लाहीमा ४६ प्रतिशत, रौतहट ६५ प्रतिशत, बारा ७७ प्रतिशत, पर्सामा ८० प्रतिशत रोपाई भएको छ ।
पानीको सतह सुक्दै गएको पर्सा जिल्लामा यस वर्ष सबैभन्दा बढी धान रोपाई भएको जनाइएको छ । मधेश प्रदेशको कूल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिचाई सुबिधा रहेको छ । नदी, नहर, स्यालो ट्युब, बेल र डिप बोरिङ्ग सिचाईको मुख्य स्रोतको रुपमा मधेश प्रदेश सरकारले लिएपनि यस वर्ष आकाशे वर्षा नहुँदा ती सबै स्रोत घट्दै गएकाले सिचाई हुन नसक्दा धान रोपाइँमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले आकाशे पानी नभई मरुभुमिकरणबाट जोगाउन सतही सिचाईको प्रबन्ध गर्नु पर्ने बताए ।
मधेश प्रदेशमा रहेको सप्तरीको चन्द्र नहर, कोशी पम्प नहर, सिराहा र धनुषाको कमला नहर, सर्लाहीको बाग्मती नहर, मनुष्मारा सिचाई अन्तर्गत मानपुर ब्यारेजको नहर, रौतहटको बाग्मती, झाझ, अरुवा, केरुवा नदीको नहर,बारा र पर्साको गण्डक नहर जीर्ण रहेकाले मर्मत गरी संचालनमा ल्याउदा दिर्घकालिन लाभ हुने जनाइएको छ । मन्त्रालयको तथ्याक अनुसार सप्तरी जिल्लाका पालिकामा सिचाई सुविधाको लागि बनाइएको चन्द्रनहर र कोशी पम्प नहरमा पानी नहुँदा समस्या भएको छ भने अधिकास पालिकाका खेतीयोग्य जमिनमा स्यालो टयुबको भर पर्नु पर्ने तर, सो स्योलो टयुबबेलको प्रयोग एक्कासि बढ्न गई पानीको सतह घट्दा सिचाइमा समस्या रहेको छ ।
सिराहा र धनुषा जिल्लाका पालिकाको खेतीयोग्य जमिनमा स्यालोटयुबको सहायताले गरेको सिचाइबाट रोपाई भएता पनि अधिकांश खेतमा पानी सुक्दा धाँजा फाटेको छ । सुख्खायामसंगै अधिकास स्यालो ट्युब सुकेको छ । सिराहा र धनुषा जिल्लाको खेतीयोग्य जमिनको लागि निर्माण गरिएको कमला नदीको नहरमा पानी नहुँदा सिचाईको समस्या आएको जनाइएको छ ।
महोत्तरी जिल्लाको खेतीयोग्य जमिनमा भूमिगत सिचाईको व्यवस्था रहेकोमा अधिकास स्यालो टयुबको पानी सुकेकाले थप धान खेती हुन सकेको छैन । सर्लाही जिल्लामा बाग्मती र मनुष्मारा सिचाई आयोजना रहेतापनि बाग्मती नदीको नहरले छोएको खेतीयोग्य जमिनमा धान रोपाई भएको छ भने अन्य जमिनमा हुन नसकेको जनाइएको छ । उता मनुष्मारा सिचाई अन्तर्गतको मानपुर ब्यारेजको मुख्य नहरको अवस्था जीण रहंदा सिचाई हुन सकेको छैन । उता रौतहटमा बाग्मती, झाझ, अरुव, केरुवा नदिको नहर जोडिएको खेतीयोग्य जमिनमा रोपाई भएको छ ।
बारा जिल्लामा गण्डक नहर भएता पनि आबश्यक समयमा पानी नछाडनाले भनेजती रोपाई हुन सकेको छैन । पर्सा जिल्लामा गण्डक नहर स्यालोटयुब बाट खेती भएको छ । सिँचाइको लागी नहर निर्माण गरेता पनि नदीमा पानी सुक्न थालेपछि सिाईको लागि पानीको अभाव र पानी नपर्दा धान रोपेका ठाउँमा धाँजा फाट्न थालेपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ ।
ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय निमत्त प्रदेश सचिव राम कुमार खंगले तराईमा पानीको स्रोत संरक्षण गर्न जरुरी रहेको बताए । उनले भन्ने भयो नदी नालामा ९० प्रतिशत पानी सुकेको अवस्था रहेको बताए । उनले भने- यही अवस्था रहे भयाबह हुने स्थीती रहेको छ । मधेश प्रदेशको आठै जिल्लामा खानेपानीको संकट निम्तिँदै गएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् जनकपुरधामका सचिव मदन भुजेलले सुख्खा खडेरीका कारण आईपर्ने बिपद बाट जोगिन सुख्खाक्षेत्र घोषणा गरिएको बताए । उनले मधेश प्रदेशको अवस्थालाई संघीय सरकारसंग समन्वय गरे अनुरुप सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको बताए ।











प्रतिक्रिया