बाजुरा जीप दुर्घटना अपडेट :  घाइतेको हेलिकप्टरमार्फत  उद्धार

2.63k
Shares

बाजुरा। 

बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयको पहलमा गृह मन्त्रालयबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ  ।

    सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जीप दुर्घटनाबाट घाइतेहरु मध्ये गम्भीर अवस्था भएका ४ जनालाई पहिलो चरणमा उपचारका लागि सुर्खेत पठाइएको बताए  । घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा र सुरेन्द्र शाहीलाई रेफर गरिएको छ । उनीहरुलाई हिमाली गाउँपालिकाको तिथिचौरबाट उद्धार गरिएको स्थानीय ग्यामी बुढाले बताए  । त्यस्तै दोस्रो चरणमा अन्य सख्त बिरामीलाई हेलिकप्टरबाट उद्धार गरिने छ भने सामान्य घाइतेलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाइएको बताइएको छ । 

बिहीबार बिहान वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । विहिवार विहान भएको सडक दुर्घटनामा परी तीन महिलाको घटना स्थलमै मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । जीपमा १९ जना सवार रहेको प्रहरीले जनाएको छ ।